बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन यतिखेर ड्रग्स मामिलामा फसेका छन् ।
उनीमााथि एनसीबीले अनुसन्धान गरिरहेको छ । उनको मोबाइल जफत गरिएको छ भने उनले गरेका च्याटहरूमाथि अनुसन्धान गरिरहेको छ । तर उनलाई अहिलेसम्म गिरफ्तार भने गरिएको छैन ।
एनसीबीले यसबारे धेरै जनासँग सोधपुछ गरिरहेको छ । हालसम्म घटनामा संलग्न ८ जना पक्राउ परिसकेका छन् ।
यसैबीचमा बलिउडका अभिनेता सुनील शेट्टीले आर्यनलाई एक मौका दिनुपर्ने भन्दै उनको बचाउ गरेका छन् ।
उनले अहिले अनुसनधान भइरहेको भन्दै सत्यतथ्य नआउन्जेल यस विषयमा बढी आलोचना गर्न नहुने समेत बताएका छन् ।
उनले भनेका छ्न,‘अहिलेसम्म कारबाही जारी छ, उनलाई सास फेर्ने मौका दिनुपर्छ ।’
एनसीबीले आर्यनमाथि अनुसन्धान गरिरहँदा शाहरुख खानले आफ्नो चलचित्रको शुटिङ रद्द गरेका छन् ।