
क्रियाशील सदस्यता वितरणमा भएको अनियमितता विरुद्ध डडेल्धुरामा अनशनरत कांग्रेसको नेता कार्यकर्ताले धर्नाका कार्यक्रम स्थगित गरेका छन् ।

दशैँपछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी नेताहरू डा. शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतको रोहवरमा आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
उनीहरूको गुनासो सुन्न नेताहरू कोइराला, केसी, गुरुराज घिमिरे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेल डडेल्धुरा पुगेका थिए ।
