१७ असार २०८३, बुधबार
एमालेको विधान महाधिवेशन

प्रचण्ड र माधव नेपालप्रति ओलीको आक्रोश– के बिग्रिएको थियो र तमासा गर्नुपरेको ?

प्रचण्ड र माधव नेपालप्रति ओलीको आक्रोश– के बिग्रिएको थियो र तमासा गर्नुपरेको ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा छँदा तमासा गरेको आरोप लगाएका छन् ।

एमालेको पहिलो विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेकपा र एमाले विभाजन हुनुअघि प्रचण्ड र माधव नेपालको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।

'के बिग्रिएको थियो र तमासा गर्नुपरेको ?' ओलीले भने, 'कहिले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्‍यो भन्या छ । कहिले अध्यक्षले राजीनामा गर्नुपर्छ भन्या छ, किन राजीनामा गर्नुपर्‍यो थाहा छैन ।'

उनले बिग्रिएमा मान्छेहरूले पार्टी छाडेर गएको टिप्पणी गरे ।

'हाम्रो पार्टीका बिग्रिएका मान्छे ती हुन्, जो छाडेर गए । सप्रिएकाहरू मात्र यहाँ छन् भन्न अरू कुनै प्रमाण चाहिन्छ र ?' ओलीले प्रश्न गरे ।

ओलीले नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावका सम्बन्धमा समेत आपत्ति जनाए ।

'केही स्वार्थी, केही ईर्ष्यालु र केही डाह गर्ने प्रवृत्तिका मान्छेले हामीले उचाइमा पुर्‍याइसकेको आन्दोलनलाई भत्काउने प्रयास गरे । १९ पृष्ठ लामो आरोपको पुलिन्दा जारी गरियो, त्यसका कुनै सत्यता थिएन,' ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्