२३ जेठ २०८३, शनिबार

फिलिपिन्समा रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिएपछि छोरीलाई अघि सार्दै

असोज १७, २०७८
फिलिपिन्समा रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिएपछि छोरीलाई अघि सार्दै

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राजनीतिबाट संन्यास लिने घोषणा गरेपछि उनकी छोरी साराले उक्त पदमा उम्मेदवारी दिने सम्भावना बढेको छ । 

राजनीतिबाट संन्यास लिएको घोषणा गरेका डुटेर्टेले आफ्नी छोरीलाई मेयरको पदमा भन्दा पनि राष्ट्रपति पदमा उम्मेदवार बनाउन खोजिरहेका छन् । 

फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई दोस्रोपटक ६ वर्षको कार्यकालका लागि राष्ट्रपति उम्मेदवार बन्न रोक लगाएको छ । तर उनले सत्तामा रहनका लागि आफ्ना सहयोगी सिनेटर क्रिस्टोफर बोङ गोलाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनि आफू चाहिँ उपराष्ट्रपतिको उम्मेदवार बन्ने योजना पनि बनाएका थिए । अनि गोलाई राजीनामा दिन लगाएर आफैं राष्ट्रपति बन्ने उनको योजना थियो । 

धेरै फिलिपिनोहरूले यसबाट संविधानको मर्मको उल्लंघन हुने ठानेका थिए तर अब त्यो कार्यान्वयन नहुने भएको छ । शनिवार डुटेर्टेले राजनीतिबाट संन्यास लिएको घोषणा गरे भने गोले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिए । राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिसकेको छैन । 

त्यो उम्मेदवार डुटेर्टेकी छोरी सारा डुटेर्टे कार्पियो हुन सक्छिन् । उनी अहिले फिलिपिन्सको तेस्रो सबभन्दा ठूलो शहर डाभाओकी मेयर हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्