
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचेकैमा विरोधीहरू चिन्तित रहेको बताएका छन् ।
नेकपा एमालेको विधान महाधिवेशनमा समापन मन्तव्य दिँदै ओलीले आफ्ना विरोधीहरू मुख्य रूपमा २ कुराले चिन्तित भएको बताएका हुन् ।
'अहिले हाम्रा विरोधीहरू दुई कुराले चिन्तित छन्, एउटा म बाँचिरहेकाले...., किड्नी फेर्छ बाँच्छ, मेनिन्जाइटिस हुन्छ, तर बाँच्छ भनेर चिन्तित छन् । अर्को कार्यकर्ताले र जनताले धेरै माया गर्छन्, त्यसैले चिन्तित छन्, 'बाँचेकैमा चिन्तित छन्, त म के गरौं ।'