
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० देखि १३ गतेसम्म हुने महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।
उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
शुक्रवारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ ।