×

NMB BANK
NIC ASIA

३८ क्विन्टल सुन तस्करी मुद्दाको बहस सकियो, भोलि फैसला आउन सक्ने

असोज १७, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको लगभग ३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दाको बहस आज सकिएको छ । 

Muktinath Bank

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतवारदेखि मुद्दाको अन्तिम सुनुवाइ जारी थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार मुद्दाको प्रतिरक्षा र प्रतिउत्तर बहस एक सातापछि अर्थात आइतवार साँझ सकिएको छ । प्रतिवादीहरूको पक्ष लिएर कानून व्यवसायीले प्रतिरक्षा सकेपछि वादी नेपाल सरकारका तर्फबाट प्रतिउत्तर बहस भएको थियो । 


Advertisment
Nabil box
Kumari

राणाका अनुसार सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले प्रतिउत्तर बहस गरेका थिए । 

Vianet communication
Laxmi Bank

बहसका क्रममा उनीहरूले सरकार पक्षको दाबी बमोजिम प्रतिवादीहरूलाई कारवाही हुनुपर्ने माग गरेका छन् । प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि मुद्दा फैसलातिर अघि बढेको जानकारी श्रेस्तेदार राणाले दिए । सम्भवतः सोमवार अदालतको फैसला आउन सक्ने उनको भनाइ छ । 

मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये ५५ जना पक्राउ पर्दा २२ जना अझैसम्म फरार छन् । सनम हत्याको प्रमाण जुटे पनि तस्करी गरिएको भनिएको सुन भने फेला पर्न सकेको छैन । मुख्य प्रमाणका रूपमा लिइएको तस्करीको सुन नै फेला नपरिकन मुद्दाको फैसला आउन लागेको हो । 

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतवार दुई जना वरिष्ठ अधिवक्तासहित कानून व्यवसायीहरूले बहस गरेका छन् । गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे । अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो । 

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । 

सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको पत्ता लागेको हो । त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा दर्ता गरिएको थियो ।  

शुरूमा ६३ जना प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पुरक अभियोग दर्ता गर्दा प्रतिवादी संख्या ७७ पुगेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x