
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थालाई आग्रह गरेका छन् । लघुवित्त संस्थाले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् । उनीहरूलाई अचाक्ली ब्याज लिएर शोषण गरेको भन्ने आरोपसमेत लाग्ने गरेको छ ।
माइक्रोफाइनान्स एसोसियसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाउँगाउँसम्म पहुँच रहेका लघु वित्त संस्थाले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे
प्रतिनिधिमण्डलले वाणिज्य बैंकबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकाले त्यसमा लाग्ने व्याजदरमा नघटेसम्म लघुवित्तको ब्याज घटाउन सम्भव नहुने बताएका छन् ।