साउन ३०, २०७९
सर्वाेच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरिएको सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमवार सक्कल फाइल झिकाउन आदेश गरेको हो । अदालतल...
काठमाडाैं | असोज १७, २०७८
साढे ९ वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जन्म कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आज आइतवार अबेर राति उक्त फैसला गरेको एक कानून व्यवसायीले जानकारी दिए । गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आज राति ८ बजे न्यायाधीशद्वयले लेखेका छन्।
बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो। यसअघि उक्त मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय सुनाएको थियो। उनी हाल नख्खु स्थित कारागारमा छन्। ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरवार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ।
जनकपुर बमकाण्डको नालीबेली
तत्कालीन अवस्थामा प्रादेशिक संरचनामा मिथिला राज्य हुनुपर्छ भनेर घटना भएको क्षेत्रमा साहित्यकार, कलाकार, बुद्धिजीवी, विभिन्न संघ–संस्था, युवा क्लबहरू सम्मिलित मिथिला राज्य संघर्ष समिति आन्दोलित थियो । शान्तिपूर्ण तरिकाले आफ्नो माग राज्यसमक्ष पुर्याउन प्राध्यापक परमेश्वर कापडीको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले एक–एक घण्टा चक्काजाम गरी सांस्कृतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू गर्ने भनेर पहिलेदेखि नै तय गरेको थियो । १८ वैशाख २०६९ मा संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार जनकपुरको रामानन्द चोकमा सडकमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेको थियो ।
मधेसकेन्द्रित दलहरू सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । शान्तिपूर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विस्फोट गराइयो ।
विस्फोटमा परी जनकपुर नगरपालिका– १० बस्ने झगरुलाल दास कथबनिया (४०), जनकपुर ८ बस्ने बिमल शरण (४०), महोत्तरी बथनाहा– ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा (४०), जनकपुर– ८ बस्ने सुरेश उपाध्याय (४५) र दीपेन्द्र दास (३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो । विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए । जनकपुरको इतिहासमा पहिलोपटक यसरी शान्तिपूर्ण आन्दोलनमा कुनै आपराधिक समूहले बम विस्फोट गराएको थियो । जानकी नवमीको उल्लास त्यो वर्ष चित्कारमा परिणत भएको थियो ।
२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो ।
साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाटै विजयी भएका थिए । बम काण्ड घटना भएपछि उनी मुख्य योजनाकारको आरोपमा पक्राउ परेका थिए ।
सर्वाेच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरिएको सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सोमवार सक्कल फाइल झिकाउन आदेश गरेको हो । अदालतल...
सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दाम...
चुनाव घोषणा भइसकेपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदले नियमित काम गर्न नपाउने माग गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । अधिवक्ता मनिराम उपाध्यायले रिट दर्ता गर्नका लागि २०७९ साउन २९ ग...
सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश मनोजकुम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ । अख्तियारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिताका सम्बन्धमा नेपाल सरकारक...
कर्मचारी सञ्चय कोषले आठौं तहको प्रबन्धक, प्रशासन पदमा विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । आइतवार सूचना जारी गर्दै कोषले ८ जनाको लागि विभिन्न कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको हो । ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...