भदौ २, २०७९
एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ । ...
जनकपुरधाम –जनकपुरधाम बम काण्डमा जन्मकैदको सजाय पाएका पूर्वराज्यमन्त्री सञ्जय कुमार साह यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा सजाय पाइसकेका व्यक्ति हुन् ।
पक्राउ परेर जेलमा थुनामा रहेकै बेला उनलाई सर्वोच्च अदालतले हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दामा कसुरवार ठहर गर्दै २१ महिनाको जेल सजाय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषा, पुनरावेदन अदालत जनकपुर र सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा अन्तिम फैसला भइ कसुरवार ठहर भएका साहले अन्य मुद्दाहरुमा समेत थुनामा बस्दा उक्त कैद सजाय भुक्तान गरिसकेका छन् ।
२०६० साल जेठ ३ गते धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानीय व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भन्दै राम जीवन प्रसाद गुप्ताले दिएको जाहेरी पछिसाहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो ।
गुप्ताको जाहेरीमा संजय कुमार साह, उमाशंकर अरगरिया, सन्तोष कुमार साह, शम्भु यादव, विनोद यादव, रामबाबु भनिने विन्देश्वर साह, राज कुमार पूर्वे, श्याम शर्मा, धर्मेन्द्र पाठक, अनिल भनिने निर्मल कुमार सिंह, ओम प्रकाश यादवलाई प्रतिवादी बनाई हातहतियार तथा खरखजाना र सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो ।
हातहतियार र खुकुरी समेत बोकी होहल्ला गरी हिँडेको अवस्थामा खानतलासी गर्दासाहको साथबाट खुकुरी थान १, कक भएको नाइन एमएम ११ राउण्ड नम्बर १७४० लेखेको पेस्तोल गोेलीसहित बरामद गरिएको तत्कालिन प्रहरी निरीक्षक मोहन कुमार शेर्पाको प्रतिवेदनमा उल्लेख छ ।
सोही मुद्दामा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवती राज काफ्लेले २०६१साल असारमा साहलाई १ वर्ष ९ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । उक्त फैसलाका विरुद्ध संजय साहले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । तत्कालीन पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय गिरीराज पौडयाल र भोला प्रसाद खरेलको संयुक्त इजलासले २०६३ साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय धनुषाको फैसलालाई नै सदर गरेको थियो ।
त्यसपछि सोही निर्णय विरुद्ध सर्वोच्च अदालतमा २०६८ सालमा फैसला बाझिएको थियो । सर्वोच्च अदालतका स्थायी न्यायाधीश अवधेष कुमार यादवले पुनरावेदन अदालतको फैसलालाई सदर गरेका थिए भने अस्थायी न्यायाधीश कमल नारायण साहले प्रतिवादीसाह निर्दोष रहेको भनी पुनरावेदन अदालतको निर्णय विपरित फैसला सुनाएका थिए । तर, पछि अदालतले निर्णय सच्याउँदै पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको थियो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ । ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी वितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– ०००० प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ...
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज (बिहीवार) नै पारित गर्ने तयारी भएको छ । बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्। आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको समेत प्रचण्डले स्वीकार गरेका छ्न्। दिवंगत ...
मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका ११का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...
बेलायतमा १५ वर्ष भन्दा बढी समय पण्डित्याइँ गरेर कमाएको पैसालाई नेपालमै सदुपयोग गर्ने र सफल कृषि व्यवसायी बन्ने मेघनाथको सपना चकनाचुर भएको छ । नेपालमै कृषि कर्म गर्ने र सफल व्यवसायी बन्ने सोचाइ राखेर स्वदेश ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...