२५ जेठ २०८३, सोमबार

डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिशहोम फाइबरनेटले कलैया, लाहान, भैरहवा र टौदहमा फाइबरनेट विस्तार गरेको छ ।

डिशहोमका बिक्रि प्रबन्धक मनोज शर्माले पछिल्लो पटक थप ४ ठाउँमा फाइबरनेट  बिस्तार भएको जानकारी दिएका हुन् । 

नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्ने डिशहोमले जनाएको छ । 

दशैंको अवसरमा  डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ ।

गत असोज ११ गते देखि लागु भएको यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । 

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्