×

NMB BANK
NIC ASIA

संसदमा एमालेको विरोधप्रति स्वतन्त्र सांसदको आपत्ति, तर खारेज भयो नियमापत्ति !

असोज १८, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभाका सभामुखको विषयमा नेकपा एमालेका सांसदले मर्यादाविपरीत राष्ट्रिय सभामा अमर्यादित शब्द बोलेको भन्दै माधव नेपालको समर्थनमा निर्वाचित स्वतन्त्र सांसद खीमलाल देवकोटाले आपत्ति जनाएका छन् । 

Muktinath Bank

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नमिल्ने भए पनि एमालेले कारवाही गरेका १४ सांसदको विषयलाई लिएर सदनमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमा एमाले सांसद दीलकुमारी रावल पार्वतीले बोल्दै गर्दा देवकोटाले नियमापत्ति गरेका थिए ।  ‘सार्वभौम सत्तासम्पन्न संसदमा सांसदले बोल्न पाउनु नैसर्गिक अधिकार र मौलिक हक हो । अधिवेशन शुरू भएको एक महिनासम्म बोल्न दिइएको छैन । सांसदको मानव अधिकार हनन गरिएको छ,’ देवकोटाले भने । 


Advertisment
Nabil box
Kumari

उनले संसद नियमावली विपरीत सभामुखप्रति राष्ट्रिय सभामा अपमानजनक अभिव्यक्ति दिइएको आरोप लगाए । ‘अदालतमा विचाराधीन विषयमा कुरा गर्न पाइँदैन, संविधानले अदालतमा विचाराधीन विषयमा कुरा गर्न पाइँदैन भनेको छ, प्रतिनिधि सभामा संविधानले निषेध गरेको विषयमा हुलहुज्जत गर्न मिल्छ ?,’ देवकोटाले प्रश्न गरे । 

Vianet communication

देवकोटाले संसदीय अभ्यासमा संसदके नियमावली पालना नगर्नुलाई अपराध मानिने भन्दै एमालेको विरोध आपत्तिजनक भएको बताए । ‘प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभामा खाँबो चिथोर्न पाइन्छ ?,’ उनले प्रश्न गरे । 

तर राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सभामा छलफल नभएको भन्दै नियमापत्ति खारेजयोग्य भएको बताए । 

एमालेको अवरोधका बाबजुद राष्ट्रिय सभामा सरकारले महालेखा परीक्षकको ५८ औं प्रतिवेदन पेश गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x