
इटहरी, ५ असार-पूर्वको संभावित प्रादेशिक राजधानिको रुपमा बहुचर्चित इटहरी उपमहानगरपालिकामा पन्ध्र जनाले मेयर र चौध जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार विहान आठ बजेबाट साँझ चार बजेसम्म राखिएको मनोनयन दर्ता कार्यक्रममा मुख्य दलहरुसहित एघार दलहरुले मेयर तथा उपमेयरमा मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, समाजवादी फोरम, लोकतान्त्रिक फोरम, खम्बुवान राष्ट्रिय मोर्चा, चुरेभावर लोकतान्त्रिक पार्टी र संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टी मञ्चले आफ्ना तर्फबाट मेयर तथा उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।
तीन जनाभने स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुमा वीरबहादुर काफ्ले, पानालाल चौधरी, र पदमबहादुर योन्जन छन् । उपमेयरमा पनि तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । शोभावतीकुमारी चौधरी, कमला खतिवडा र नारायण खड्काले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पुरुष बाहुल्य मेयरको मनोनयनमा तीन जना महिलाहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन गराँउनेहरुमा माओवादी केन्द्रबाट हरिमाया जिमी, नेपाल परिवार दलबाट सितादेवी ढकाल र साझा पार्टीबाट डाक्टर तारा कुमारी काफ्ले रहेका छन् । पार्टी दर्र्ता नभएकोले काफ्लेको उम्मेदवारीमा स्वतन्त्र भनिएको छ ।
यसैगरि महिलाहरु मात्रै बढी उठाइएको उपमेयर पदमा चार पुरुष उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराँउनेहरुमा माओवादी केन्द्रका भीमप्रसाद सुवेदी, नेपाल परिवार दलका अशोककुमार चौधरी, साझा पार्टीका प्रकाशचन्द्र दर्जी र स्वतन्त्र उम्मेदवार नारायण दाहाल छन ।
यस्तो छ मेयर र उपमेयरको पूर्ण सूची
१. नेपालीकांग्रेसः रोहित प्रसाद प्रसाइ र विमलाशिवाकोटी
२. नेकपाएमालेः द्धारिक लालचौधरी र लक्ष्मि देवीगौतम
३. माआवादी केन्द्रः हरिमायाजिमीर भीम प्रसाद सुवेदी
४. राष्ट्रिय प्रजातन्त्रपार्टीः रोहितकार्की र माया रायमाझी
५. संघिय समाजवादीफोरमः देवी प्रसाद खनाल र यमुना गरागाइ
६. लोकतान्त्रिकाफोरमःअरुण चौधरी र सावित्राचौधरी
७. राष्ट्रिय जनमोर्चाः बालकृष्ण सुवेदी(उपमेयरमाखाली)
८. नेपालपरिवार दलःसिता देवी ढकाल र अशोक कुमार चौधरी
९. खम्बुवानमुक्तिमोर्चाः मचिन्द्र राइ र भद्र कमारी राइ
१०. चुरेभावर लोकतान्त्रिक पार्टीः रामप्रसाद रेग्मि र रुजा घिमिरे
११. संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चःइन्द्र बहादुर कन्दङवा र गोपीमायालिम्बु
१२. साझा पार्टीः तारा कुमारी काफ्ले र प्रकाशचन्द्र दर्जी
१३. स्वतन्त्र मेयरः पानालालचौधरी, विर बहादुर काफ्ले र पदमबहादुर योन्जन
१४. स्वतन्त्रउपमेयरः शोभावतीकुमारी चौधरी, कमला खतिवडा र नारायण दाहाल