१२ असार २०८३, शुक्रबार

निधिको निवासमा कांग्रेस सभापतिमा आकांक्षी तीन नेताको बैठक

निधिको निवासमा कांग्रेस सभापतिमा आकांक्षी तीन नेताको बैठक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नेताहरूको दौडधूप शुरू भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरूबीच भेटघाट पनि बाक्लो हुँदै गएको छ । 

यसैक्रममा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको छ । निधिको निवास बानेश्वरमा भएको भेटमा महाधिवेशनका विषयमा छलफल भएको थियो । 

कांग्रेस सभापतिका लागि निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् भने सिंह र कोइराला पनि सभापतिका आकांक्षी हुन् । 

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्