
नेपालीहरूको महान चाड ‘बडा दशैं’ नजिकिँदै गर्दा पछिल्ला दिनहरूमा विभिन्न कम्पनीहरूले विभिन्न अफरहरू सार्वजनिक गरिरहेका छन् ।
यसै बीचमा सीटी एक्सप्रेस मनि ट्रान्सफरले पनि नयाँ योजना सार्वजनिक गरेको छ ।
सीटी एक्सप्रेसको नयाँ योजनाले धेरै सेवाग्राहीलाई लखपति बनाउने दावी कम्पनीले गरेको छ ।
जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस भन्ने नाराका साथ काम गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले असोज १ गतेदेखि लागु गरेको हो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना बिजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै हरेक महिना ५ जनाले जनही १ लाख रुपैयाँ उपहार पाएर २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन् ।
कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने यस योजना अहिले निकै लोकप्रिय भइरहेको कम्पनीकी ब्राण्ड तथा प्रोमेशन हेड अनिता थापा आचार्यको दावी छ ।
उनी भन्छिन्, ‘हामीले सदैव उपभोक्ताका लागि केही न केही योजना वा अफरहरू सार्वजनिक गरिरहेका हुन्छौँ । दशैंतिहार लक्षित यो योजना विशेष छ । विशेष योजना समूदायमा समेत निकै लोकप्रिय रहेको हामीले महशुस गरेका छौँ ।’
सिटी एक्सप्रेसले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै हरेक वर्ष विशेस स्किम ल्याउने गरेको छ ।
यस वर्षको दशैंतिहारमा पनि त्यही स्किमहरूकै निरन्तरता स्वरुप नयाँ स्किम ल्याइएको आचार्यको दावी छ ।
उनले सेवाग्राहीहरूको सुविधाका लागि र चाडपर्वको समयमा एउटा ‘मूड’ सिर्जना गर्नका लागि स्किम ल्याइएको बताइन् ।
उनी भन्छिन्,‘कस्टोमरहरूका लागि फेस्टिवल सेलिब्रेसन हो । हरेक वर्ष हामीले यस्ता स्किम ल्याउने गरेका छौँ, यस वर्ष पनि त्यसको निरन्तरता हो ।’
संसारको जुनसुकै कुनाबाट पनि सिटी एक्सप्रेसको पहुँच पुगेको उनको भनाइ छ ।

जसअनुसार, संसारको जुनसुकै ठाउँबाट सिटी एक्सप्रेसमार्फत रेमिट्यान्स पठाएमा सो ग्राहक स्वतः यो स्किमा आवद्ध हुनेछन् ।
अर्थात लक्की ड्रमा ती ग्राहकलाई सामेल गराइनेछ, जसले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्ममा सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउनेछन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सिटी एक्सप्रेसबाट रकम पठाउँदा लखपति बन्ने अवसर प्राप्त हुने कम्पनीको भनाइ छ ।
यस उपहारको बिजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ ।
यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसले १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित भुक्तानी सेवा दिइरहेको कम्पनीको भनाइ छ ।