
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना सङ्क्रमण भएको छ । आठ सय २६ जनाको पिसिआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४ मध्ये विराटनगरमा २८, सुनसरीमा २४, उदयपुरमा दुई, पाँचथर, ताप्लेजुङ, र धनकुटामा एक–एकजनामा सङ्क्रममण देखिएको हो । प्रदेशमा आजै १८७ महिलासहित ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।