२९ असार २०८३, सोमबार

सत्ता पाउनेबित्तिकै तालिबानले हजाराहरूको हत्या गरेको खुलासा

असोज १९, २०७८
सत्ता पाउनेबित्तिकै तालिबानले हजाराहरूको हत्या गरेको खुलासा

तालिबानले अफगानिस्तानमा कब्जा गरेलगत्तै देशको मध्यभागमा रहेको दायकुंडी प्रान्तमा हजारा समुदायका १३ जनाको हत्या गरेको खुलासा भएको छ । 

मर्नेहरूमा १७ वर्षीया एक किशोरी पनि थिइन् । 

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा यो खुलासा भएको हो । 

गत अगस्ट ३० मा लगभग ३०० तालिबान लडाकूले खिद्र जिल्लामा अफगान सुरक्षा फौजमा रहेका हजाराहरूको हत्या गरेको रिपोर्टमा उल्लेख छ । 

मंगलवार प्रकाशित रिपोर्टअनुसार, सुरक्षाफौजका मानिसलाई नदीको किनारमा लगियो । उनीहरूले आत्मसमर्पण गरे पनि हत्या गरियो । 

मारिएका सैनिकहरूको उमेर २६ देखि ४६ वर्ष छ । गोलीकाण्डमा अर्का एक आम नागरिक फयाजको पनि मृत्यु भएको छ । 

हजारा समुदायका विरुद्ध तालिबानले पहिला पनि रक्तरञ्जित दमन गरेको थियो । गत जुलाई महिनामा पनि तालिबानले गजनी प्रान्तमा हजारा समुदायका कम्तीमा नौजनाको हत्या गरेको थियो । 

हजाराहरू शिया समुदायका भएकाले कट्टर सुन्नी तालिबानले उनीहरूको हत्या गरेका हुन् । देशको तेस्रो ठूलो समुदायका रूपमा रहेको हजारासँग एक शताब्दीदेखि भेदभाव गरिँदै आएको छ । हजाराहरू मंगोल वंशका सन्तान भएको मान्यता छ ।
 

salt training

कमेन्ट गर्नुहोस्