×

सीमा नाकाको आवागमनलाई सहज बनाउन डीआईजीको निर्देशन

असोज १९, २०७८

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यले सीमा नाकाको आवागमनलाई सहज बनाउन मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमणका कारण डेढ वर्ष अघिदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्ड सहितको आवागमनलाई सहज बनाउन उनले निर्देशन दिए ।


Advertisment

६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार आयोजना गरेको ‘अमर प्रहरी स्मारक’को उद्घाटन कार्यक्रममा बोल्दै डीआईजी आचार्यले चेकजाँचका नाममा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिए । 


Advertisment

चाडपर्व नजिकिँदा भारतबाट नेपाल आउने नागरिकको चाप बढ्ने भएकाले स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै शान्ति सुरक्षाको प्रत्याभूतिसहित सहज आवागमनको व्यवस्था मिलाउन आचार्यले निर्देशन दिए ।

नागरिकले प्रहरीसँग धेरै अपेक्षा राखेको जनाउँदै डीआईजी आचार्यले प्रहरीको व्यवहारमा अझ सुधारको खाँचो रहेको औंल्याए । कानून बमोजिमका व्यवसायको सञ्चालनलाई सहज बनाउँदै नाकाबाट हुने अवैध कार्यलाई निरुत्साहित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्न पनि उनले सीमा नाकाका प्रहरी इन्चार्जलाई निर्देशन दिए । 

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोजकुमार यादवले तस्करी नियन्त्रणमा आफूले कुनै कसर बाँकी नराखेको जनाउँदै आफू सरुवा भएर आएको ३ महिनाको अवधिमा साढे ३ करोड बराबरका अवैध सामान बरामद गरी भन्सार र राजस्व कार्यालय पठाएको जानकारी दिए ।

यसैबीच, सीमा नाकाबाट हुने तस्करी कार्य नियन्त्रणमा उल्लेखनीय कार्य गरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय महेन्द्र यादव र नरेश कुर्मीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । 

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x