१६ असार २०८३, मंगलबार

राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएको भन्ने आरोपको मोहन वैद्यको पार्टीले गर्‍यो खण्डन

राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएको भन्ने आरोपको मोहन वैद्यको पार्टीले गर्‍यो खण्डन

मोहन वैद्यको अन्तर्वार्तालाई लिएर गलत टिकाटिप्पणी भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले ध्यानाकर्षण जनाएको छ । पार्टीले आज एक विज्ञप्ति जारी गरेर भ्रामक प्रचारबाजी भन्दै खण्डन गरेको हो । 

वैद्यले असोज १५ मा एक टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई लक्षित गर्दै केही सञ्चारमाध्यमले क्रान्तिकारी माओवादी राजतन्त्र ब्यूँताउन लागिपरेको भन्नेसम्मका लाञ्छना लगाएको सो पार्टीले जनाएको छ । 

‘यो लाञ्छना एमसीसीको विरोध, भारतीय विस्तारवादी शासक वर्गले अतिक्रमण गरेको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा क्षेत्र नेपाललाई फिर्ता लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयहरूमा केन्द्रित रही हाम्रो पार्टीले नेतृत्व गर्दै आएको देशभक्तिपूर्ण आन्दोलनबाट विक्षिप्त भएका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरूको पराजित मानसिकताबाट उब्जिएको आक्रोशको अभिव्यक्ति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी दलालहरूको अभीष्ट पूरा गर्ने उद्देश्यले गरिएको यस्तो भ्रामक प्रचारबाजीको पूर्ण खण्डन गर्दछ र आम सञ्चारमाध्यमलाई देशको भौगोलिक अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर समाचार सम्प्रेषण गर्न विशेष अनुरोध गर्दछ ।’

साथै निहित उद्देश्यबाट प्रेरित भएर प्रचारप्रसार गरिएका गलत समाचारबाट होइन उक्त टीभी अन्तवार्ता प्रत्यक्ष रुपमा सुनी-बुझी आफ्नो पार्टी र महासचिवप्रति धारणा बनाउन अनुरोध समेत गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्