
नेपाल र चीनबीच सीमा निर्धारण गर्ने विषयमा भएको सन्धिको ६० वर्ष पूरा भएको अवसरमा फोटो प्रदर्शनी गरिएको विषयमा चिनियाँ दूतावासले आफ्नो वेबसाइटमा मंगलवार जानकारी दिएको छ ।
सन् १९६१ को अक्टोबर ५ मा दुई देशबीचको सीमा सन्धिलाई औपचारिकता दिइएको थियो ।
दुई देशबीच सौहार्द्रपूर्ण तरिकाले सीमा निर्धारण गरिएको घटना विश्वमै दुर्लभ छ ।
अहिले नेपालको सीमा चीनले मिचेको भनी प्रश्न उठिरहेको सन्दर्भमा चिनियाँ दूतावासले दुई देशबीचको सौहार्द्रपूर्ण सीमा सन्धिलाई स्मरण गराउन खोजेको देखिन्छ ।
सीमा निर्धारण तथा सन्धि हस्ताक्षरका तस्वीरहरु तल दिइएको लिंकमा उपलब्ध छन् ।
http://np.china-embassy.org/eng/News/t1912614.htm