२३ असार २०८३, मंगलबार

शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

निरन्तर घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ । नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने बढेन ।

यस दिन नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ ।

यस दिन कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।

मंगलवार ब्यापारबाहेक सबै उपसमूह बढेको छ।

यस दिन सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ।

बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। बढेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर र मैलुङ खोला जलविद्युतको सेयर मूल्यमा बढेर सर्किट लागेको हो।

एनआइसी लघुवित्तको सेयर मूल्य घटेर सर्किट लागेको छ।

salt training

कमेन्ट गर्नुहोस्