×

NIC ASIA

कालोबजारी रोक्न र सहज आवागमनको व्यवस्था मिलाउन राष्ट्रिय सरोकार समितिको निर्देशन

असोज १९, २०७८

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले दशैंको मुखमा बजारमा भइरहेको कालोबजारी रोक्न र सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध हुने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

Muktinath Bank

समितिको मंगलवार बसेको बैठकले गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'दशैंतिहार, छठ, नेपाल संवत्, बकर ईद, ल्होसार लगायतका महत्वपूर्ण चाडपर्वहरूको आगमनसँगै हरेक वर्ष बजारमा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको, हरेक वर्ष मूल्य वृद्धिको समस्याले आम नागरिकहरू आक्रान्त भइरहने साथै सुरक्षा व्यवस्था समेत कमजोर हुने गरेको सन्दर्भमा देशभर शान्ति सुव्यवस्था कायम गर्न, कृत्रिम अभाव सिर्जना हुन नदिई कालोबजारी रोक्न, यी चाडपर्व शुरू हुनुभन्दा अगाडिदेखि नै आधारभूत सामग्रीको अस्वभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने र चाडपर्वको समयलाई मध्यनजर गरी तत्काल सुपथ मूल्य पसलको अवधि र क्षेत्रगत दायरा विस्तार गरी समयमा गुणस्तरीय, स्वस्थकर खाद्य, मासुजन्य वस्तु सुलभ र सुपथ मूल्यमा आपूर्तिको व्यवस्था सुनिश्चित हुने गरी कार्य गर्न गराउन नेपाल सरकार गृह मन्त्रालय/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,' समितिको निर्णयमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

साथै दशैंमा घर फर्किने यात्रुहरूलाई सहज रूपमा आवागमनको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति दिलकुमारी रावल थापा पार्वतीले जानकारी दिइन् ।

Vianet communication

'चाडपर्वहरूको अवसरमा यात्रुको आवागमन अत्यधिक हुने गरेको साथै यसै समयमा हवाई भाडा समेत वृद्धि भई आमनागरिकलाई मर्का परेको सन्दर्भलाई मध्यनजर गर्दै यात्रुहरूलाई सहज ढंगले आवागमनको व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि भएको छ,' सभापति रावलले भनिन् ।

समितिले कोरोनाको सम्भावित जोखिमलाई ख्याल राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडबाड मनाउन नागरिकहरूमा अपिल समेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x