३१ जेठ २०८३, आइतबार

विध ल्याबको चाडपर्व केन्द्रीत अफर : कार्तिक २५ सम्मका परीक्षणमा ४० प्रतिशत छुट

विध ल्याबको चाडपर्व केन्द्रीत अफर : कार्तिक २५ सम्मका परीक्षणमा ४० प्रतिशत छुट

ललितपुरको कुपण्डोलमा रहेको विध ल्याबले विभिन्न परीक्षणमा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिँदै गर्दा सम्पूर्णमा शुभकामना दिँदै ल्याबले सो छुटको व्यवस्था रहेको जानकारी गराएको हो । सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाइसकेको यस ल्याबले यसअघि पनि विभिन्न छुटसहितको व्यवस्था गर्दै आएको थियो ।

ल्याबका अनुसार यो व्यवस्था कार्तिक २५ गतेसम्मका लागि मात्र लागु हुनेछ । कोभिड–१९(आरटी पीसीआर) र कोभिड–१९ एन्टिबडी परीक्षणमा भने लागु नहुने ल्याबले जानकारी दिएको छ ।

कोरोनाकालमै स्थापना भएर विशेषगरी कोभिड–१९ परीक्षण, एन्टिबडी परीक्षण तथा अन्य सम्पूर्ण प्रकारका ल्याब परीक्षण हुँदै आएको छ । कोरोना भाइरस (आरटी पीसीआर) परीक्षणको शुल्क घटाउने बेलामा पनि ल्याबले महत्वपूर्ण भूमिका खेलेको थियो ।

अक्सिजनको चरम अभाव भएको बेलामा ल्याबले ललितपुर महानगरपालिका सहित अन्य अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग गरेको थियो । त्यस्तै, विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको परीक्षामा सहभागी हुनका लागि गर्नुपर्ने पीसीआर परीक्षणका लागि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था ल्याबले गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्