२७ जेठ २०८३, बुधबार

बागमतीमा भाडा विवाद चुलियो

असोज २०, २०७८
बागमतीमा भाडा विवाद चुलियो

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा विवादले यातायात व्यवसायी र बागमती प्रदेश सरकारबीच समस्या देखिएको छ। भाडा बढाउनु पर्ने माग राखी यातायात व्यवसायी आन्दोलित छन्।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सार्वजनिक यातायातको भाडा दर समायोजनको प्रक्रियामा रहेकाले बन्द, हडतालजस्ता विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ।

सोमबार काठमाडौँ उपत्यकामा यातायात व्यवसायीले साङ्केतिक रूपमा सडक किनारमा गाडी रोकेर भाडादर वृद्धिको माग गरेपछि मन्त्रालयले सो आग्रह गरेको हो। प्रदेशभित्रका रुटहरूमा भाडा समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। केन्द्र सरकारले भाडा समायोजन गरेपछि बागमती प्रदेश सरकारले अध्ययन समिति बनाएर काम अघि बढाएको थियो। गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्