०१ असार २०८३, सोमबार

कोशी कोरिडोर प्रसारण लाइन भारतले नेपाललाई गर्‍यो हस्तान्तरण

कोशी कोरिडोर प्रसारण लाइन भारतले नेपाललाई गर्‍यो हस्तान्तरण

भारतले कोशी कोरिडोर विद्युतीय प्रसारण लाइन नेपाललाई हस्तान्तरण गरेको छ ।

बधवार नेपालस्थित भारतीय दूतावासकी डेपुटी चीफ अफ कमिसन नामग्या खम्पाले प्रसारण लाइनको निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गर्ने समारोहमा धनकुटामा सहभागिता जनाएकी छन् । 

कोशी कोरिडोर नेपालको सबभन्दा लामो विद्युतीय प्रसारण लाइन हो । यसको क्षमता २२० केभी छ । 

परियोजनाको लाग ४५० करोड रुपैयाँ रहेको छ । 

कुल १०६ किलोमिटर क्षेत्रमा ३२६ वटा टावरहरू रहेको यो प्रसारण लाइनले अरुण र तमोर नदीका जलविद्युत् परियोजनाबाट उत्पन्न बिजुलीको प्रसारण गर्नेछन् र नेपालको राष्ट्रिय ग्रिडलाई थप बलियो बनाउनेछन् । 

भारतको कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले यो प्रसारण लाइन निर्माण गरेको हो । 

भारतले नेपालको मोदी–लेखनाथ प्रसारण लाइन र सोलु कोरिडोर लाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्