![सुन्दर सुदूरपश्चिमको सुन्दर शुक्लाफाँटा [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/shuklaphata_1_w2t20PbYjb.jpg)
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमको पर्यटकीय गन्तव्यमध्ये एक हो ।
महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुन आएका फाँटाहरू, धाप र सिमभूमि यस निकुञ्जको प्रमुख विशेषता हो । निकुञ्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुंगीहरूको बासस्थानको संरक्षणमा टेवा पुगेको छ ।
यहाँ जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर पाइन्छन् । साथै विभिन्न प्रजातिका चराहरू पनि पाइन्छन् ।





