२५ जेठ २०८३, सोमबार

कोरोना अपडेट : थपिए १०४३ संक्रमित, १२ जनाको मृत्यु

कोरोना अपडेट : थपिए १०४३ संक्रमित, १२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४६५ नमूना परीक्षणमध्ये ८४९ पीसीआर र १९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १९२ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ८९१ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ । 

हाल मुलुकभर १६ हजार १९४ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्