२३ जेठ २०८३, शनिबार

रुसले ३५ अमेरिकी कूटनीतिज्ञ निकालेर बदला लिने

कात्तिक २०, २०७४
रुसले ३५ अमेरिकी कूटनीतिज्ञ निकालेर बदला लिने
काठमाडौं, १५ पुस — रुसको विदेश मन्त्रालयले आफ्नो देशमा रहेका ३५ अमेरिकी कूटनीतिज्ञलाई निकाल्ने प्रस्ताव गरेको छ । अमेरिकाले रुसका कूटनीतिज्ञलाई निकालेको बदलामा रुसले यो कदम चालेको हो ।


विदेशमन्त्री सर्गेई लाभ्रोभले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष यो प्रस्ताव पेश गरेका छन् ।

अमेरिकाको बाराक ओबामा प्रशासनले रुसमाथि अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लगाउँदै शुक्रवार ३५ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो ।

रुसले यी सबै आरोपलाई इन्कार गर्दै आधारहीन भएको बताएको छ ।

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले ओबामाले पदमुक्त हुनुअघि रुसविरुद्ध कदम चालेको टिप्पणी गरे ।

दुई ठूला देशले कूटनीतिमा केटाकेटी पारा देखाएको भन्दै आलोचना शुरु भएका छन् ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्