
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसललाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५ देखि २० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले बताए ।
निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यपारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए ।