३१ जेठ २०८३, आइतबार

भरिएको कुलेखानीमा डुबे पाँच होटल

असोज २१, २०७८
भरिएको कुलेखानीमा डुबे पाँच होटल

मुलुककै ‘पावर ब्याकअप’ का रूपमा उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिँदा स्थानीय होटल व्यवसायी पीडामा छन् । करिब ३ सय मिटर चौडा र ७ किलोमिटर लम्बाइको जलाशय पछिल्लो समय भरिएपछि वडा नम्बर–१ मार्खुस्थित होटलहरु पानीमा डुबेका हुन् । लेकको छेऊतिर स्थापित होटलहरु करिब एक सातादेखि डुबेका छन् ।

स्थानीय व्यवसायीका अनुसार बाँसबाट निर्मित सामूहिक रिसोर्ट, होटल मार्खु, नेवारी खाजाघर र सबिना खाजाघरलगायत होटल पानीमा डुबेको होटल मार्खुका सञ्चालक निर्मल श्रेष्ठले बताए । उनका अनुसार अब ती होटलहरु पुनःसञ्चालनमा आउन तिहारसम्म कुर्नुपर्नेछ । किनकि, तिहारताका मात्र इन्द्रसरोवरमा पानीको सतह घट्ने अनुमान छ ।

नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थापित ती होटलले सरोवर भरिएपछि हुन सक्ने दुर्घटनाको आशंकामा केही दिनअघि नै सामानहरु माथिल्लो क्षेत्रमा स्थानान्तरण गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्