
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आज पूर्णता पाउने र उस्तै परे आजै शपथ हुने बताएका छन् ।
बिहीवार काठमाडौंमा पचली मिडियाले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आजै शपथ गराउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी भएको बताएका हुन् ।
प्रचण्डले पार्टीले मन्त्रिपरिषद्मा महिलाको ५० प्रतिशत सहभागिता गराउन लागेको बताए ।
‘हाम्रो तर्फबाट सबै उत्पीडित वर्गलाई अगाडि ल्याउने कोशिश गरेका छौं । संविधानमा ३३ छ, हामीले पार्टी कमिटीमा ३५ प्रतिशत सहभागिता पुर्याउँदैछौं, मन्त्रिपरिषद्मा त ५० प्रतिशत पुर्याइएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने र सकभर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।