३० जेठ २०८३, शनिबार

बुहारीले सासुलाई सर्पले टोकाएर मारेको घटना सार्वजनिक

असोज २१, २०७८
बुहारीले सासुलाई सर्पले टोकाएर मारेको घटना सार्वजनिक

भारतको राजस्थानमा विषालु सर्पले टोकाएर एक वृद्ध महिलाको हत्या गरिएको खबर आएको छ । 

यसको मुद्दा सर्वोच्च अदालतमा पुग्दा विषालु सर्पलाई हतियारका रूपमा उपयोग गर्नु जघन्य अपराध भएको बताएको छ । आरोपितलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । 

एक महिलाको विवाह सैनिकसँग भएको थियो । सैनिक गृहजिल्लाबाट निकै टाढा तैनाथ थिए । 

महिला नियमित रूपमा प्रेमीसँग कुराकानी गर्ने गर्थे । सासुले त्यसको विरोध गर्ने गरेकी थिइन् । महिलाका ससुरा पनि जागिरको क्रममा जिल्ला बाहिरै हुन्थे । 

सासुले गाली गरिरहेपछि बुहारीले खतरनाक षड्यन्त्र बुनिन् । उनले हत्या गर्ने तर त्यसलाई दुर्घटना जस्तो देखाउने योजना बनाइन् ।

महिलाले प्रेमी र साथीहरूसँग मिलेर एक सपेरासँग विषालु सर्प किनिन् । सर्पलाई झोलामा राखेर महिलाले सासुको कोठामा राखिन् । बिहान सासुको मृत्यु भयो । जिल्ला अस्पताल लग्दा यो सर्पदंशको केस भएको चिकित्सकहरूले बताए । 

प्रहरीले यसलाई दुर्घटना नै ठान्यो किनकि राजस्थानमा सर्पले टोक्ने घटना भइरहेका हुन्छन् । तैपनि प्रहरीले सामान्य अनुसन्धानका क्रममा बुहारीको मोबाइल फोनको कल डिटेल हेर्दा घटनाको दिन ती महिला र एक व्यक्तिसँग १०० पटक कुराकानी भएको पायो । 

ती व्यक्ति बुहारीकै प्रेमी थिए ।

प्रहरीले महिला, उनका प्रेमी र प्रेमीको साथीलाई पक्राउ गर्‍यो । सोधपुछका क्रममा कुरा खुल्दै जाँदा सर्प उपलब्ध गराउने सपेरासम्म प्रहरी पुग्यो । सपेराले सर्प दिएको स्वीकार गर्‍यो । 

बुहारीको पक्षका वकिलले आरोपित घटनास्थलमा उपस्थित नभएकाले मुद्दा चलाउने आधार नरहेको तर्क दिए । सर्पले कसलाई टोक्छ कसरी थाहा हुन्छ, त्यसैले आरोपितलाई रिहा गर्नुपर्छ भनी उनले दिएको तर्कलाई अदालतले मानेन । 
 

salt training

कमेन्ट गर्नुहोस्