३१ जेठ २०८३, आइतबार

वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत फेला

असोज २१, २०७८
वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत फेला
प्रतिकात्मक तस्वीर

नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान जारीे छ ।

उनको शव बिहान ७ बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार घरको चौथो तलामा उनको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान ‘मर्निङ वाक’ गएको बेला घटना भएको जनाइएको छ । चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्