२२ जेठ २०८३, शुक्रबार

सुनको मूल्य बढ्यो

असोज २१, २०७८
सुनको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर

दशैंको पहिलो दिन बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

छापावाल सुन बुधवार प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको छ ।

तेजाबी सुनको बजार मूल्य बिहीवार प्रतितोला ८९ हजार ९५० पुगेको छ । बुधवार प्रतितोला ८९ हजार ४५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

महासंघका अनुसार लगातार ४ कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य बिहीवार प्रतितोला १० रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ । चाँदी बुधवार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा बिहीवार सुन प्रतिऔंस १ हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्