०१ असार २०८३, सोमबार

प्रकाश पराजुली र कुमार पन्तको जोडी क्वाटरफाइनलमा प्रवेश

प्रकाश पराजुली र कुमार पन्तको जोडी क्वाटरफाइनलमा प्रवेश

प्रकाश पराजुली र कुमार पन्तको जोडी दोस्रो रनिङ शिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीवार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोठाटारको विष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरेका छन् ।

मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगितामा टंक पराजुली र विश्व पौडेलको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–१७ र २१–१६ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

कृष्ण खतिवडा र विकास न्यौपाने पनि क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा १२ जोडी सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्