०५ साउन २०८३, मंगलबार

अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्स, कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै

अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्स, कार्तिकबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै

अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ ।

नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरु समेटेर क्राइम फाइल्स निर्माण गरिएको हो ।

यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइम फाइल्स टोलीले लिएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन् ।

कार्यक्रमलाई एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेका हुन् भने कार्यक्रमको मेकिङ टि–फोल्क्स् प्रोडक्सनले गरेको हो । क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्ने छ र यसको होस्ट सुरज गिरीले गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्