बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा २३% बढ्यो

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा २३% बढ्यो

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ ।


Advertisement

प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।


Advertisement

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा ५ किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ । १० किलोमिटरसम्मको २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको ३५ रुपैयाँ कायम गरिएको बताइएको छ ।

भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म ५ रुपैयाँका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ ।


Advertisement

मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा भाडादर कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।
 

कमेन्ट गर्नुहोस्