
पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार १० हजार ६७२ नमूना परीक्षण गरिएकोमा आरटी–पीसीआरमा ६६७ र एन्टिजेनमा १३८ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना निको भएर थप ९११ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । यससँगै निको हुनेको कूल संख्या ७ लाख ७३ हजार १४० पुगेको छ ।
कोरोनाले थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार २०० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका जनाइएको छ ।
