×

NIC ASIA

बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति

असोज २१, २०७८

Prabhu Bank
NTC
Premier Steels

सत्तारूढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीलाई फकाउन २ प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ । 

मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको एकीकृत समाजवादीलाई बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री दिएर फकाउने प्रयास गठबन्धनका नेताहरूले गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा बिहीवार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।


Advertisment
Rupse Holidays
Nabil box

प्रभावशाली मन्त्रालय नपाएको भन्दै बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि राखेको स्रोतले बताएको छ । 

Vianet communication

अध्यक्ष नेपालको असन्तुष्टि सम्बोधन गर्नका लागि २ प्रदेशको मुख्यमन्त्रीमा अन्य दलले दाबी नगर्ने सहमति बनेको बैठक स्रोतले बताएको छ । 

संघीय सरकारमा एकीकृत समाजवादीले भौतिक योजना तथा यातायात मन्त्रालय सहितको जिम्मेवारी मागेको थियो । भौतिक मन्त्रालयमा जनता समाजवादी पार्टीले पनि दाबी गरेपछि गठबन्धनमा भौतिक योजना जसपालाई नै दिने सहमति भएको थियो । 

एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालयसहित एक राज्यमन्त्री पाउने भएको थियो । 

तुलनात्मक रूपमा कमजोर मन्त्रालय र संख्या पनि कम भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि राखेको थियो । 

केन्द्र सरकारको क्षतिपूर्ति बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्रीबाट गर्ने सहमति बिहीवारको गठबन्धन बैठकमा भएको छ ।

नेकपा एमाले विभाजन भएपछि बागमती र १ नम्बर प्रदेशको सरकार अल्पमतमा छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते प्रदेश सभाको नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने तयारी गरेकी छन् । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पक्षमा बहुमत नपुग्ने निश्चितजस्तै रहेको छ । 

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागती प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन् । 

१ नम्बर प्रदेशमा पनि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा छन् । उनले आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयास गरिरहेका भए पनि सफल हुन सकेका छैनन् । 

१ नम्बर प्रदेशमा आचार्यलाई विस्थापन गरेर एकीकृत समाजवादीका सचिव राजेन्द्र राई मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् । 

गठबन्धनले दुवै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेकाले पाण्डे र राई मुख्यमन्त्री हुने सम्भावना बढेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x