१३ असार २०८३, शनिबार

एकीकृत समाजवादीमा यी ४ पदाधिकारी मनोनित

एकीकृत समाजवादीमा यी ४ पदाधिकारी मनोनित
फाइल फोटो

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले ४ जना नेतालाई पदाधिकारीमा मनोनित गर्ने निर्णय गरेको छ ।

उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने निर्णय गरिएको छ ।

बैठकले सरकारमा जाने मन्त्रीको नाम बिहीवार पनि टुंगो लगाउन सकेन । प्रवक्ता खतिवडाले शुक्रवार बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए ।

सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डा मिलाउँदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ । 

नयाँ सहमति अनुसार एकीकृत समाजबादी पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ भने थप १ राज्यमन्त्री राख्न पाउने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्