२२ जेठ २०८३, शुक्रबार

राप्रपा बैतडीको अध्यक्ष भट्ट

राप्रपा बैतडीको अध्यक्ष भट्ट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा आज सम्पन्न अधिवेशनबाट इन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।   

पैँसठ्ठी सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पद भने पछि तोकिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्