२६ जेठ २०८३, मंगलबार

कांग्रेस नेताहरुद्वारा भाजपा अध्यक्ष नाड्डासँग दिल्लीमा भेटवार्ता

कांग्रेस नेताहरुद्वारा भाजपा अध्यक्ष नाड्डासँग दिल्लीमा भेटवार्ता

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जगत प्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेका छन् । दुइ पार्टीको सम्बन्ध सुधारका लागि भन्दै पूर्व परराष्ट्रमन्त्री महतको नेतृत्वमा कांग्रेस नेताहरु बिहीवार दिल्ली गएका थिए ।

दिल्ली गएकै दिन कांग्रेस नेताहरुले भाजपा अध्यक्षसँग भेटवार्ता गरेका हुन् । दुइ पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको भाजपाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेको छ ।
भेटमा गत महिना नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवाले पनि सहभागि थिए । ‘अध्यक्ष नाड्डाले भारत र नेपालको सम्बन्ध अझ सुदृढ बनाउन जोड दिनुभयो’ बिजेपीको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।

महतसँगै पूर्वअर्थराज्य मन्त्री उदय शमशेर जबरा र वीरगञ्जका पूर्व सांसद एवं कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया ‘बरै’ पनि सहभागी छन् । सरकारको नेतृत्व सम्हाले पछि कांग्रेसले भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउन खोजेको छ ।

salt training

कमेन्ट गर्नुहोस्