०५ असार २०८३, शुक्रबार

भन्सार प्रशासनमा सुधार ल्याइँदै

असोज २२, २०७८
भन्सार प्रशासनमा सुधार ल्याइँदै

 भन्सार प्रशासनभित्रका समस्या हल गर्न सुधारको काम अघि बढाइने भएको छ ।भन्सार प्रणालीमा रहेका समस्यालाई सम्बोधन गर्नेगरी चालू आर्थिक वर्ष २०७८/७९ देखि छैटौं चरणको पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा लगेको भन्सार विभागले प्रशासनिक सुधारको कामलाई अघि बढाएको हो ।

खासगरी भन्सार विभागअन्तर्गत रहेका अनुगमन र अनुसन्धान शाखामा आमूल परिवर्तन ल्याउने गरी रूपान्तरणको काम अघि बढेको छ ।यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्