०५ असार २०८३, शुक्रबार

दशैँमा मासुको भाउ नबढ्ने, केको मासुको मूल्य कति ?

असोज २२, २०७८
दशैँमा मासुको भाउ नबढ्ने, केको मासुको मूल्य कति ?

दशैँमा मासुको मूल्य स्थिर रहने गरी मूल्य निर्धारण भएको छ। मासु व्यवसायीहरूले दशैँमा बढी खपत हुने मासुुको मूल्य सार्वजनिक गरेका छन्। राष्ट्रिय मासु व्यवसायी सङ्घले दशैँका लागि भन्दै काठमाडौँ उपत्यकासहित देशभरका लागि मूल्य सार्वजनिक गरेको छ।
 सङ्घका अध्यक्ष रमेश खड्गीका अनुसार खसीको मासुको तीन थरी मूल्य निर्धारण गरिएको छ। जसमा आन्द्रा भँुडी राखिएको मासुको मूल्य प्रतिकेजी एक हजार, बोसो मिसिएको मासु प्रतिकेजी एक हजार २०० र ग्राहकले आफ्नो रोजाइअनुसार छानीछानी मासु खरिद गर्दा एक हजार ३०० रुपियाँ मूल्य तोकिएको हो। यस्तै सङ्घले राँगा तथा बङ्गुरको मासु प्रतिकेजी ५०० र कुखुराको मासुको मूल्य ३०० रुपियाँ तोकेको छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्