०३ साउन २०८३, आइतबार

पहिलो पटक मन्त्री बनेका विरोध खतिवडालाई छैटौँ नम्बरको वरीयता- अर्थ, रक्षा र परराष्ट्रमन्त्रीभन्दा माथि

पहिलो पटक मन्त्री बनेका विरोध खतिवडालाई छैटौँ नम्बरको वरीयता- अर्थ, रक्षा र परराष्ट्रमन्त्रीभन्दा माथि

नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गरेका विरोध खतिवडाले मन्त्रिपरिषद्मा छैटौँ नम्बरको वरीयता पाएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवापछि दोस्रो वरीयतामा गृहमन्त्री, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, चौथोमा ऊर्जामन्त्री पम्फा भुसाल र पाँचौँमा संघीय मामिला र सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छन् । 

यसअघि पटक–पटक मन्त्री बनेका जनार्दन शर्मा, मीनेन्द्र रिजाल, नारायण खड्का, रेनु यादव र महिन्द्र राय यादवभन्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका खतिवडा अगाडि छन् । 

मन्त्रिपरिषद्को अन्तिम वरीयतामा शिक्षा राज्यमन्त्री बोधमाया यादव छिन् । शहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्री १८ औं र गैरसांसद रहेका गजेन्द्र हमाल १९ औं वरीयतामा छन् । 

खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नै शपथ गराउने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्