३१ असार २०८३, बुधबार

सहोदर दाइभाइ मन्त्री : केन्द्रमा गजेन्द्र र प्रदेशमा सुरेन्द्र

असोज २२, २०७८
सहोदर दाइभाइ मन्त्री : केन्द्रमा गजेन्द्र र प्रदेशमा सुरेन्द्र

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएकै दिन गजेन्द्रका सहोदर भाइ सुरेन्द्रबहादुर हमाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्ने निश्चित भएको छ ।

कांग्रेसले प्रदेश सरकारमा मन्त्री बनाउन सुरेन्द्रको नाम टुंगो लगाइसकेको कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खाँनले लोकान्तरलाई जानकारी दिए ।

एकैसाथ २ दाइभाइ मन्त्री बन्ने संयोग जुटेको छ । ६ दाइभाइमध्ये गजेन्द्र साइला र सुरेन्द्र राइला हुन् । सुरेन्द्र हमाल बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २(२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सुरेन्द्रले लोकान्तरसँग भने, ‘दाइ आज संघीय सरकारको मन्त्री बन्नुभयो । म पनि आजै प्रदेश सरकारको मन्त्री हुने कुरा थियो । खै कहाँ गएर रोकियो ? एकैदिन भएको भए राम्रो हुन्थ्यो ।’

सुरेन्द्र यसअघि प्रदेश सभामा कांग्रेस प्रमुख सचेतक थिए । कांग्रेसले रुपन्देहीका बसिउद्धिन खाँन र बाँकेका हमालको मन्त्रीमा नाम टुंगो लगाए पनि पाल्पाका वीरबहादुर राना र रूपन्देहीकै अष्टभुजा पाठकमध्ये कसलाई मन्त्री बनाउने भन्ने विषय टुंगो लगाउन नसन्दा शुक्रवार हुने भनिएको मन्त्रिमण्डल विस्तार रोकिएको छ ।

राना र पाठक दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । उनीहरू २ जनामध्ये कसलाई मन्त्री बनाउने टंगो लगाउने जिम्मा कांग्रेसले केन्द्रलाई दिएएको छ । मुख्यमन्त्री कूलप्रसाद केसीले २ महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्