०६ असार २०८३, शनिबार

ग्वाटेमालामा कन्टेनरमा थुनिएका आप्रवासीमा नेपाली पनि, प्रहरीले गर्‍यो उद्धार

असोज २४, २०७८
ग्वाटेमालामा कन्टेनरमा थुनिएका आप्रवासीमा नेपाली पनि, प्रहरीले गर्‍यो उद्धार

ग्वाटेमालामा प्रहरीले शनिवार सडकको किनारमा रहेको एक शिपिङ कन्टेनरमा राखिएका आप्रवासीहरूलाई प्रहरीले उद्धार गरेको खबर बीबीसीले दिएको छ । 

ती आप्रवासीहरूमा नेपाली पनि थिए । 

उनीहरूलाई नुएभा कन्सेप्सियोन र कोकालेस शहरको बीचमा रहेको स्थानबाट उद्धार गरिएको हो । कन्टेनरबाट मानिसहरू चिच्याएको आवाज आएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । 

उनीहरूलाई मानवतस्करहरूले परित्याग गरेको ग्वाटेमालाका अधिकारीहरूको विश्वास छ । उनीहरूलाई मेक्सिकोको बाटो हुँदै अमेरिका पुर्‍याउन खोजिएको थियो । 

त्यहाँ रहेका १०० भन्दा बढी मानिस हाइटीका थिए । अनि नेपाल र घानाका मानिस पनि त्यहाँ थिए । 

यस विषयमा प्रहरीका एक प्रवक्ताले बताए, ‘कन्टेनरभित्रबाट मानिस कराएको र भित्ता ठोकेको आवाज आइरहेको थियो । हामीले ढोका खोलेर हेर्दा कागजात नभएका १२६ जना मानिस भेट्यौं ।’ 

अधिकारीहरूले आप्रवासीलाई प्राथमिक उपचार गराए र ग्वाटेमालान माइग्रेसन इन्स्टिच्युटले उपलब्ध गराएको आश्रयस्थलमा राखे । 

ग्वाटेमालाको आप्रवासन अधिकरणकी एक प्रवक्ता अलेहान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरसबाट आएको र अमेरिका जाने कठिन बाटोमा हिँड्न थालेको बताइन् । 

आप्रवासीहरूलाई होन्डुरसतर्फ पठाइनेछ र अधिकारीहरूलाई हस्तान्तरण गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्