
साताको पहिलो दिन आइतवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रवार यस्तो सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।