३० असार २०८३, मंगलबार

राप्रपाले गर्‍यो महाधिवेशन निर्वाचन कार्यतालिकामा हेरफेर

राप्रपाले गर्‍यो महाधिवेशन निर्वाचन कार्यतालिकामा हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सक्रियता सदस्यता वितरण र डिजिटल इन्ट्री गर्ने म्याद थप गरेको छ । 

अध्यक्षत्रयको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले कात्तिक १० गतेसम्मका लागि सक्रिय सदस्यता वितरण र डिजिटल इन्ट्री गर्ने म्याद थप गर्ने निर्णय गरेको हो । 

यस्तै जिल्ला अधिवेशनको अवधि पनि कात्तिक १४ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म र सात वटै प्रदेश कार्य समितिको अधिवेशन २०७८ कात्तिक २३ गतेसम्म थप गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ । 

राप्रपाका अनुसार प्रदेश २ तथा भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद २०७८ कात्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कात्तिक २३ गतेसम्म गर्ने निर्णय गरिएको छ । 

राप्रपाको महाधिवेशन कात्तिक २७–३० मा काठमाडौंमा हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्