२६ असार २०८३, शुक्रबार

रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त, १६ जनाको मृत्यु

असोज २४, २०७८
रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त, १६ जनाको मृत्यु

रुसको तातारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान आइतवार दुर्घटनाग्रस्त हुँदा १६ जना मारिएको र सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । 

विमानमा प्यारासुटबाट हाम्फाल्नेहरू सवार रहेको रुसको आकस्मिक मामिला मन्त्रालयले जानकारी दिएको छ । विमानको भग्नावशेषबाट सातजनालाई जिउँदै उद्धार गरिएको थियो । 

विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो । 

रुसको उड्डयन सुरक्षाको मापदण्ड हालैका वर्षमा सुधार भएको छ तर दुर्गम क्षेत्रहरूमा पुराना विमान दुर्घटनाग्रस्त हुने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्